बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

‘लुट २’ काे ट्रेलरले तोड्यो ‘छक्का पन्जा’ को रेकर्ड

loot 2काठमाडौं, पुस (ओएनएस) : नेपाली चलचित्र ‘लुट २’ को ट्रेलरले कलिउडको रेकर्ड तोडेको छ ।

‘लुट २’ ले यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा बढी क्लिक गरिएको ‘छक्का पञ्जा’ को ट्रेलरको रेकर्ड तोडदै नयाँ रेकर्ड कायम गरेको हो ।

‘लुट २’ को ट्रेलर यतिबेला युट्युब ट्रेण्डिङको १ नम्बर छ ।
‘लुट २’ युट्युबमा सार्वजनिक भएको २० घण्टामा २ लाख ८५ हजार भन्दा बढी पटक क्लिक भएको छ । ‘लुट २’ कोे ट्रेलर बिहीबार युट्युबमा सार्वजनिक गरिएको थियो । ‘छक्का पञ्जा’ को ट्रेलरलाई २४ घण्टामा १ लाख ३० हजार पटक युट्युबमा क्लिक गरिएको थियो ।

४ बर्ष अगाडि रिलिज भएको ‘लुट’ले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिएपछि ‘लुट २’ को प्रतिक्षा गरिएको छ ।

निश्चल बस्नेतको निर्देशन तथा माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेकाे ‘लुट २’ को ट्रेलर सार्वजनिक हुने बित्तिकै दर्शक ट्रेलरमा झुम्मिएका छन् । चलचित्रमा  सौगात मल्ल, दयाहाङ राई, कर्मा, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायतको अभिनय हेर्न पाइने छ ।

‘लुट २’ फागुन १३ गते रिलिज हुनेछ ।

Comments are closed.

'
Scroll To Top