बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

११ सय नायब सुब्बा माग्यो लोकसेवाले (विज्ञापनसहित)

Loksewa-aayogकाठमाडौं, २७ पुस (ओएनएस) : लोकसेवा आयोगले १ हजार १ सय १२ जना नायब सुब्बा पदका लागि दरखास्त माग गरेको छ ।

लोकसेवाले बुधबार विज्ञापन जारी गर्दै निजामती सेवाका विभिन्न समूहमा नायब सुब्बा पदका लागि दरखास्त आह्वान गरेको हो । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट छनौट हुनेछन्, भने बाँकी निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।

मध्यमाञ्चलका लागि १ सय ९८, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चलका लागि ५ ७ र सुदूरपश्चिमाञ्चलका लागि ४३ नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत ८ सय ९१ जना माग गरिएको छ । प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नायब सुब्बा पदमा छनौट हुने आयोगको विज्ञापनमा उल्लेख छ ।

माघ १८ गतेसम्म दरखास्त दिन सकिने छ । न्यूनतम शैक्षिक योग्यता प्रविणता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ ।

खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुन तथा दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले विज्ञापनमार्फत् जनाएको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस

Comments are closed.

'
Scroll To Top