चैतभित्र स्थानीय निकायको निर्वाचन गर्ने कांग्रेस–माओवादीको समझदारी

324
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस)  : नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबीच आगामी चतैभित्र स्थानीय निकायको निर्वाचन गर्ने समझदारी भएको छ ।

कांग्रेस–माओवादीको बुधबार सिंहदरबारमा बसेको छलफलमा स्थानीय निकायको पुनर्संरचना सीमांकनलाई बैज्ञानिक र व्यवहारिक बनाएर लैजाने तथा चैतसम्ममा स्थानीय निर्वाचन गर्ने समझदारी भएको हो ।

सो समझदारीबारे एमाले, मधेसीवादी दलहरुसँग पनि छलफल गरेर छलफल गर्ने गरी बैठक टुंगिएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुस्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत नेताहरु उपस्थित थिए ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।
तर, कांग्रेस र माओवादी खसंविधान अनुसार स्थानीय तह गठन भएपछि मात्र चुनाव गर्ने मत राख्दै आएका थिए ।


  •  
  •  
  •