बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

प्रदेश नम्बर २ को निर्वाचन शान्तिपूर्ण, करिब ७३ प्रतिशत मत खस्यो

parsa
काठमाडौं, २ असोज (ओएनएस): प्रदेश नम्बर २ मा स्थानीय तह तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ७ देखि साँझ ५ बजेसम्म चलेको मतदान प्रक्रियामा मतदाताको सहभागिता उत्साहपूर्ण रह्यो । प्रदेश २ का आठवटै जिल्लामा कुनै अप्रिय घटना हुन पाएन ।

छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश नम्बर २ मा करिब ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।

rautahat raiya tole

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

निर्वाचनमा होमिएका ३७ हजार २ सय ३६ उम्मेदवारमध्ये प्रदेश नम्बर २ बाट स्थानीय तहका लागि ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वा्चित हुनेछन् ।

Comments are closed.

'
Scroll To Top