बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

अरुभन्दा लामखुट्टेले तपाईंलाई धेरै टोक्छ ? यस्ता छन् १० कारण

dengue

एजन्सी : यदि अरु भन्दा तपाईंलाई लामखुट्टेले धेरै टोक्छ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक ताजा अनुसन्धान अनुसार महिलाहरुको तुलनामा पुरुषलाई लामखुट्टेले धेरै टोक्छ ।

एन्टोमोलोजिस्ट डा. एम.एम महुलियाका अनुसार लामखुट्टेले मानिस छानी छानी टोक्ने गर्दछ । यसलाई सबैलाई समान रुपमा टोक्दैन ।

लामखुट्टेमा हुन्छन् सेन्सरः

डा. महुलियाको भनाई अनुसार लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउनका लागि एक विशेष प्रकारको सेन्सर हुन्छ । आफ्नो शिकारलाई यसै सेन्सरको प्रयोग गरेर खोज्ने गर्दछन् । लामखुट्टेलाई के कुराले आकर्षित गर्छ, त्यसबारे संसारभरी थुप्रै अनुसन्धान भइसकेको छ ।

पोथी लामखुट्टेले टोक्छन्ः

हामीमध्ये धेरैलाई थाहा होला, पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् । पोथी लामखुट्टेलाई मानव रगतको आवश्यकता लार्भा उत्पादनका लागि आवश्यक पर्दछ ।

उमेर र लिङ्गः

महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ । (सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, यूएसए)

पसिनाः

धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् । (यूनिभर्सिटी अफ फ्लोरिडा)

शरिरको तापक्रमः

लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरिरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । (लोभा स्टेट युनिभर्सिटी डिपार्टमेन्ट अफ एन्टोमोलोजी)

रङः

थुप्रै अनुसन्धानले कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने बताएको छ । (युनिभर्सिटी अफ नेब्रास्का लिंकन, यूएसए)

बास्नाः

बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै छ । (न्यू मेक्सिको स्टेट युनिभर्सिटी)

स्किन केयर प्रोडक्टः

अधिकांश स्किन केयर क्रिममा ल्याक्टिक एसिड हुने गर्दछ जसले लामखुट्टेलाई आकर्षित गर्दछ । (यूनिभर्सिटी अफ क्यालिफोर्निया)

कोलेस्ट्रोलः

जो मानिसहरुको कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ । (युनिभर्सिटी अफ फ्लोरिडा)

मोटोपनः

मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ । (सेन्ठर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, यूएसए)

शरीरको गन्धः

लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ । (जर्नल करन्ट बायोलोजी)

गर्भवतीः

सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दोब्बर हुन्छ ।

Comments are closed.

'
Scroll To Top