उपेन्द्र यादवले राजपा नेतालाई दिए आरोप पुष्टि गर्ने चुनौती

upendra yadavकाठमाडौं, ५ असार (ओएनएस) : संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूमाथि लागेको आरोपको खण्डन गर्दै प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

उनले राजपा नेता मनिष सुमनले आफूलाई पैसा खाएर चुनावमा गएको भन्ने आरोपको खण्डन गर्न चुनौती दिएका हुन् । ‘आरोप प्रमाणित गरेर देखाइयोस्,’ उनले भने, ‘नभए मधेसी जनतासामू सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’

उनले अरुको चरित्रहत्या गर्ने र निराधार आरोप लगाउने राजपा राजनीतिक दिशाहिन र औचित्यहिन पार्टी भएको बताएका छन् । आफूमाथि आरोप लगाइएपछि उनले पनि राजपा पार्टीको आयस्रोत के हो ? कसरी चलेका छ ? भन्दै प्रश्न गरेका छन् ।

SHARE