लमजुङको घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेज(फोटो फिचर)

43
  •  
  •  
  •  

काठमाडौं, १० पुस(ओएनएस) : सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित लमजुङको घलेगाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा मंगलबार शुभारम्भ गरिएको छ ।

स्मार्ट भिलेजको एक समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले स्मार्ट भिलेज हुन सबै कुरामा स्मार्ट हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘स्मार्ट भिलेज हुन इमेल इन्टरनेट लगायतका व्यवस्था राम्रो हुनपर्छ ।’ मुख्यमन्त्री गुरुङले स्मार्ट भिलेजको लागि आचार संहिता जारी गर्न समेत आग्रह गरे ।

प्रदेश सरकारले गण्डकी प्रदेशमा ३ सय ५० गाउँलाई होमस्टे बनाउने लक्ष्य लिएको समेत मुख्यमन्त्री गुरुङले बताए ।


घलेगाउँलाई स्मार्ट भिलेट बनाउन गत भदौ ९ गतेबाटै स्थानीय लागि परेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका सचिव उमल वि.क जानकारी गराए । घलेगाउँमा अहिले ३५ घरमा होमस्टे सञ्चालनमा छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here