लालबाबु पण्डीतकाे सम्पत्ति पुरानो साइकल र ५५ लाखको बैंक ब्यालेन्स

227
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ (ओएनएस) : केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बुझाएकाे सम्पत्ति विवरणमा अाफ्नाे पुरानो एक थान साइकलसमेत उल्लेख गरेका छन्।

मन्त्री लालबाबुसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौज्दात रहेको विवरण पेश गरेका हुन् । मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लेख गरिएको छ। त्यस्तै ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैत्रिक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् ।

पण्डितसँग एभरेष्ट बैंकको मुद्दती खातामा २५ लाख बैंक व्यालेन्स रहेको छ । उक्त रकम पैत्रिक रुपमा आर्जन भएको जनाएका छन् । त्यस्तै पत्नी विमला पण्डितसँग एभरेस्ट बैंक र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रहेको उल्लेख गरेका छन् ।

मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् जुन पैत्रिकरुपमा प्राप्त भएको जनाइएको छ ।


  •  
  •  
  •