‘देश विकासको लागि समन्वय र सहकार्य आवश्यक’

26
  •  
  •  
  •  

जनकपुर, २२ मंसिर (ओएनएस) । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समन्वय र सहकार्यको नीतिबाट नै मुलुक विकास र सुशासनको बाटोमा अघि बढ्ने बताएका छन् ।

नेकपा संसदीय दलको कार्यालयले शनिबार जनकपुरमा आयोजना गरेको ‘उर्जा र सिँचाइमा तीनै तहका सरकारको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानले नै निर्धारण गरेको सहकार्यतालाई तीनै तहको सरकारले व्यवहारमा लागू गर्नुपर्ने बताए ।

कृषि र कृषि उद्योगको पर्याप्त सम्भावना रहेको प्रदेश २ मा सिँचाइको असुविधा सबैभन्दा ठूलो समस्या भएको बताउँदै संघीय सरकारको यस विषयमा ध्यान दिनुपर्ने बताए ।

सिँचाइ सम्बन्धी योजना प्रदेश मातहत राख्नु पर्ने र संघीय सरकारले सुनकोसी कमला डाइभर्सन तथा चुरे संरक्षण जस्ता ठूला योजनामा ध्यान दिनुपर्ने उनको भनाई छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here