पिताले दिए विश्व प्रसिद्ध गायिकालाई तनाव

424
  •  
  •  
  •  

विश्व प्रसिद्ध गायिका ब्रिटनी स्पीयर्स जति गायनमा चर्चित छिन्, त्यति नै विवादास्पद पनि छिन्। बेलाबेलामा प्रेमीको कारण तनाव र विवादमा आइरहने ब्रिटनी यति बेला भने आफ्नै पिताका कारण तनावमा छिन्। उनका बाबुले उनलाई आर्थिक मामलाको सवालमा सधैं नियन्त्रणमा राख्न खोजेको खबर बाहिरिएको छ। ब्रिटनी भने आफू ठूली भइसकेकाले आर्थिक कुरामा निकै नै सक्षम भएको एजेन्सीलाई बताएकी छिन्। पिताको यस्तो व्यवहारका कारण प्रेमी डेभिट लुकाडोसँग पनि ब्रेकअप भइसकेको छ। केही समयअगाडि विवाह गर्ने तयारी गरे पनि पिताकै कारण ब्रिटनीको उनीसँगको सम्बन्ध अगाडि बढ्न नसकेको बताइएको छ। हाल पारिवारिक तनाव झेलिरहेकी ब्रिटनी यो तनावबाट कसरी मुक्त हुने भनेर थप तनावमा रहेको एजेन्सीले जनाएको छ।


  •  
  •  
  •