दुई सञ्चारकर्मी माथि कुटपिट, एकको अवस्था गम्भीर

171
  •  
  •  
  •  

इलाममा दुई सञ्चारकर्मी कुटिएका छन भने एकको अवस्था गम्भीर हरकाे छ।उनीहरुमाथि इलाम नगरपालिका–९ गोलबस्तीमा कुटपिट भएको हाे। चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानीय रविन मगरसहितको समूहले आक्रमण गरेका हुन्।

कुटपिटबाट घाइते भएका पाठकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। प्रकाशको अवस्था सामान्य रहेको प्रहरीले जनाकारी दिएको छ। ।

बुधबार राति एफएम बन्द गरेर कोठा तर्फ जाँदै गरेकाे अवस्थामा उनीहरुमाथि अाक्रमण भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले घटनाको अनुसन्धान भइरहेको र कटुपिटमा संलग्न मगरसमुहकाे खोजी तिब्र रुपमा भइरहेकाे बताए।

 


  •  
  •  
  •