कुटपिट गरी युवकको हत्या

30
  •  
  •  
  •  

रुकुम, २० मंसिर(ओएनएस) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ मा एक युवकको हत्या भएको छ ।
सोही ठाउँका २८ वर्षीय धनबहादुर विकले २२ वर्षीय रविन सार्कीको हत्या गरेका हुन् ।

व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेको बताइएको छ । गत मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिम जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको थिए । उनको उपचारका क्रममा खर्च भएको २ हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

सार्कीको उपचारका क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मंसिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका वि.कको जिल्ला अदालतबाट म्याद गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here