कुटपिटको विरोधका हातमा कालोपट्टी बाँधेर काम

17
  •  
  •  
  •  

जनकपुर, ३० पुस(ओएनएस) : प्रदेश २ का वन मन्त्रालयका सचिव विद्यानाथ झा कुटिएको विरोधमा प्रदेशका सबै मन्त्रालयका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर सोमबार काम गरेका छन् ।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले वन मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटेको बताइएको छ ।

घटनाको छानबिन हुनुपर्ने र दोषीलाई कारबाहीको माग राख्दै कर्मचारीले हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । विरोधमा उत्रिएका कर्मचारीहरुले सोमबार मूख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

आइतबार आफन्तको एनजिओमा गरिबी निवारणसम्बन्धी कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका आरोप लगाइएको छ ।

सचिव झा आइतबार साँझदेखि जनकपुरको केयर नर्सिङ होममा उपचाररत रहेका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here