सहमति कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने कर्मचारीको चेतावनी

47
  •  
  •  
  •  

काठमाडाैं, १७ कात्तिक : (अाेएनएस) :  अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता एक महिनाभित्र अक्षरंश पालना गर्नुपर्ने माग गरेको छ।

राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष कुमार राउतले कर्मचारीसँग खोसिएका परिचयपत्रहरु तत्काल सरकारले फिर्ता गर्नुपर्ने बताएका हुन्।  ‘हटाएका कर्मचारीहरुलाई तत्काल हाजिर गराउनुपर्छ।’ सरकारसँग भएको सम्झौता एक महिनाभित्र कार्यान्वयन नभए श्रमजिवी आधिकारिक सबै ट्रेड युनियनहरुले सशक्त आन्दोलन गर्ने पनि राउतले चेतावनी दिए।

संघकी महासचिव विमला आचार्यले पनि सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताइन्। सरकारले आफूहरुसँग गरेको सहमतिको निर्णय नम्बर २ बमोजिम मन्त्रिपरिषद्को मिति २०७४ वैशाख २१ गतेको निर्णय र सर्वोच्च अदालतको मिति २०७३ जेठ ३ गतेको फैसलाअनुसार सेवा सुविधा पुनरावलोकन गर्न पनि उनले आग्रह गरिन्।

 ‘यदि एक महिनाभित्र सरकारले हामीसँग गरेको सहमति अनुसार कार्यान्यन नगरे सम्पूर्ण सरकारी कार्यालयहरुमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्छौं,’ उनले भनिन्।

संघले निर्णय नम्बर ३ नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ भदौ २ मा भएको अस्थायी तथा सेवा करार सम्झौताको बुँदा नम्बर ९ को सन्दर्भमा दोहोरो सुविधा नलिनेगरि व्यवस्था मिलाउन सबै सरकारी निकायहरुलाई अनुरोध गर्ने पनि जनाएको छ।


  •  
  •  
  •