नेबिसंघद्धारा उपमेयरलाई धुलो बुझाए

33
  •  
  •  
  •  

काठमाडौं,२८ पुस (ओएनएस): नेपाल विद्यार्थी संघले काठमाडौं उपमहानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीलाई धुलो बुझाएका छन् ।

धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन् । महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यलाई धुलोको कमी गर्न पहल गरियोस् भन्दै ध्यानआकर्षण गर्न गएका विद्यार्थीले मेयर शाक्यलाई नभेटेपछि उपमेयर खड्कीलाई धुलो दिएका हुन् ।

काठमाडौंका विभिन्न सडकहरुबाट हावामा उडेको धुलो संकलन गरेर मेयर शाक्यलाई बुझाएको नेविसंघले जनाएकाे छ ।
सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचौँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन्, धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर सुन्धारा अगाडि एक घण्टा धर्नामा समेत बसेका हुन् ।

महानगरको जिम्मेवारी जनताको सास्तीलाई कमी गर्ने हो भने धुलोको मार खेपिरहेका जनतालाई धुलोमुक्त सहरको अनुभूत गराउनुपर्ने विद्यार्थी नेताले दाबी गरेका छन्। महानगरले भने धुलो नियन्त्रणको लागि काम गरिरहेको जनाएको छ। मेयर शाक्य भने महानगरका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा गोदावारी गएका छन्। उपमेयर खड्गीले आएर विद्यार्थीले बुझाएको धुलो लिदैं ‘मैले मेयर शाक्यलाई जानकारी गराउँछ ।  ‘हेर्दै जाउ मेयर शाक्यले के गर्नुहुन्छ उपमेयर खड्कीले भनिन् ।


  •  
  •  
  •