काठमाडौंमा विद्युतीय बस सञ्चालन, प्रधानमन्त्री ओली बसमा सरर

23
  •  
  •  
  •  

काठमाडौं,६ कार्तिक (ओएनएस)  : साझा यातायातले मंगलबारदेखि काठमाडौं उपत्यकामा दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको विद्युतीय बस सञ्चालनमा अाएको हो।ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बसको उद्घाटन गरे। बस सेवा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माणङ्गँ टेवा पुग्ने बताए। उनका अनुसार इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको छ।एसियाली विकास बैंकको सहयोगमा ल्याइएको बस साझा यातयातको व्यवस्थापनमा सञ्चालन हुनेछ। बस चालकसहित २० सिट क्षमताको छ। बसमा यात्रुलाई उभिएर यात्रा गर्नेका लागि ह्याङगरको सुविधा छ। साथै सुरक्षाका लागि सीसी क्यामरा समेत जडान गरिएका छन्। दुईवटा बस मंगलबारदेखि संचालनमा आएका छन् भने बाँकी तीनवटा ल्याउने क्रममा रहेको साझा यातायात सञ्चालक समिति सदस्य तुलधारले बताए।

बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय बस प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ। चीन र भारतले तोकिएकै समयभित्र विद्युतीय सवारी प्रयोग गर्ने निर्णय गरेसँगै नेपाल सरकारले पनि विद्युतीय सवारी प्रयोग गर्ने घोषणा गरेको थियो।


  •  
  •  
  •