‘पूर्व प्रधानमन्त्री मनमोहनको जस्तै सम्मान प्रधानमन्त्री ओलीलाई’

162
  •  
  •  
  •  

काठमाडौं १ फागुन(ओएनएस) : भारतले पूर्व प्रधानमन्त्री स्वर्गी मनमोहन अधिकारीको आतिथ्यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने भएको छ । आगामि फागुन ७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चार दिने भारत भ्रमणलाई भारतले ऐतिहासिक बनाउने तयारी गरेका छ । स्वागत र बसाईका हिसावले यसअघि अरु प्रधानमन्त्रीभन्दा विषेश बनाउने भारतको तयारी छ ।

प्रधानमन्त्री ओलीको बसाईको व्यवस्था यसपटक राष्ट्रपति भवनमा गरिनेछ । यसअघिका प्रधानमन्त्रीलाई पाँच तारे होटलमा राख्ने गरिएको थियो । पूर्व प्रधानमन्त्री स्वर्गी मनमोहन अधिकारीलाई पहिलो पटक राष्ट्रपति भवनमा राखिएको थियो ।

भ्रमण टोलीका १० जना विशिष्ट पाहुँना प्रधानमन्त्रीसँगै रहेका भवनमा र बाँकीलाई होटलमा राखिनेछ । प्रधानमन्त्री भारत भ्रमणमा पुगेकै भोली पल्ट उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्धिपक्षीय छलफलको कार्यक्रम तय भएको छ । यसअघिको चिसो सम्बन्धलाई न्यानो पार्न भारतले पनि विषेश तयारी गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको बसाई र भेटवार्ताको कार्यतालिकाबारे भारतले नेपाल सरकारलाई जानकारी गराइ सकेको छ ।


  •  
  •  
  •