निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेका छन् : प्रधानमन्त्री

23
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सबैलाई आह्वान गरेका छन् ।

फाइल तस्बिर

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘जनअपेक्षा अनुसार सरकारले काम गर्न थालेपछि एउटा तत्व आत्तिएर जनतालाई निराश बनाउने बाटोमा लागेको छ’, उनले भने, ‘मुलुकलाई अन्धकारमा राखिरहन चाहने सो तत्वविरुद्ध एक भएर लड्ने बेला आएको छ।’

नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको उनको दाबी छ ।

उनले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै त्यस्ता गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here