ईपीएस परीक्षाको लागि आवेदन फारम चैत ८ देखि १३ गतेसम्म

912
  •  
  •  
  •  

काठमाडौं,फागुन(ओएनएस) : कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम चैत ८ देखि १३ गतेसम्म भर्न सकिने भएको छ ।

कोरिया शाखा ग्वार्कोले मंगलबार सूचना जारी गर्दै उक्त समयमा आवेदन फारम भर्न  आह्वान गरेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा लैजान प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।

यो वर्ष कोरियाका लागि दश हजार पचास जनाको आवेदन मागिएको छ । जसअन्तर्गत उत्पादनमुलक र कृषि तथा पशुपालन क्षत्रमा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आवेदन फारम चैत ८ देखि १७ गतेसम्म भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीक्षा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ ।


  •  
  •  
  •