बलिउड अभिनेत्री करिना अब रेडियो च्याट शो मार्फत गर्नेछिन अन्र्तक्रिया

73
  •  
  •  
  •  

काठमाडौं, २९ भदाै (एजेन्सी) : बलिउड अभिनेत्री करिना कपुर खानले रेडियो च्याट शो को संचालन गर्न लागेकी छिन् । करण जौहरको कामलाई पछ्याउदै उनी रेडियो च्याट शो को संचालन गर्न लागेकी हुन्।

मुम्बइ मिररमा आएको रिपोर्ट अनुसार उक्त शो आउने डिसेम्बरबाट आउने बताइएको छ । यो शो गर्ने वा नगर्ने भन्ने विषयमा उनले करणसगँ कुराकानी गरेको र करणको सल्लाह पछि उनी यो कार्यक्रम चलाउने निष्कर्षमा पुगेकी हुन् । यो शो ले गर्दा श्रोताहरुले करिनासगँ अन्र्तक्रिया गर्न पाउने छन् ।

करिना यो नयाँ कार्यक्रमलाई लिएर निकै नै उत्साहित छिन् र यसबाट नयाँ माध्यामको खोजी पनि हुने उनले बताएकी छिन् ।


  •  
  •  
  •