विश्वकपः अाज मंगलबार चार खेलमा अाठ देश भिड्दै

57
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) :  रसियामा जारी २१ औँ संस्करणको विश्वकप फुटबल अन्तर्गत मंगलबार समूह सी र डी का ४ खेल हुँदैछन् ।

समूह सी’ अन्तर्गत आज नेपाली समयअनुसार ७ : ४५ बजे डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु एकआपसमा भिड्दैछन् ।

यस्तै समूह ‘डी अन्तर्गत आजै राति हुने अर्को खेलमा नाइजेरिया र अर्जेन्टिना तथा क्रोएशिया आइसल्याण्ड एकआपसमा भिड्दैछन् । खेल आजराति ११ः ४५ बजेपछि सुरु हुँदैछ ।


  •  
  •  
  •