सन्दीप लामिछाने विश्व ११ मा छनाेट

38
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व ११ मा छनाेट भएका छन्। पछिल्लो समय इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दीपले लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको खेलमा विश्व –११ को टिममा छनाेट भएका हुन्। बुधबार आइसीसीले सन्दीपलाई विश्व–११ टिममा छनाेट भएकाे जानकारी दिएकाे छ।

१७ वर्षीय सन्दीप इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्नेछन् । यो टिममा मोर्गन र सन्दीपसहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मलिक, हार्दिक पाण्ड्या , थिसारा परेरा र लुक रोन्ची रहेका छन् ।

मे ३१ मा इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि सन्दपीलाई टिममा राखिएको हो । बंगलादेशी क्रिकेटर शाकिब अल हसनले व्यक्तिगत कारणले यो खेल नखेल्ने आईसीसीले जनाएपछि सन्दीपललाई टिममा राखिएको आईसीसीले जनाएको छ ।


  •  
  •  
  •