पञ्चासे जोड्ने केबलकार बनाइने

8
  •  
  •  
  •  

पर्वत, २४ कात्तिक (अाेएनएस) : पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा रहेकाे पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ।

दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।  पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबलकार निर्माण हुनलागेको हो ।

घाँटीछिनाबाट पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ। जसको लागत रु १० अर्ब अनुमान गरिएको छ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नका लागि केबलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।

केबलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here