समितिका सदस्य केसीले दिएको राजीनामा अायाे छानबिनकाे दायरामा

46
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : कञ्चनपुर निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसीले राजीनामा दिएलगत्तै उनकाे राजीनामा छानबिनकाे दायरामा अाएकाे छ।

गृहमन्त्री रामबहादुर थापाले छानबिन समितिका सदस्यले दिएको राजीनाममा बारे छानबिन भइरहेको बताएका छन्।

काभ्रेको बनेपामा जिल्ला सहकारी संघले म‌ंगलबार आयोजना गरेको ५१औ‌ं स्थापना दिवस तथा ३७ औं वार्षिक साधारणसभा कार्यक्रम पछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामा बारे गहन रुपमा छानबिन भइरहेको बताए।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here