कञ्चनपुर हत्या प्रकरण : राजीनामा दिएका छानबिन समिति सदस्य पुनः समितिमा फर्किए

35
  •  
  •  
  •  

काठमाडौं, २७ भदाैँ (अाेएनएस) : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् ।

गत साेमबार मात्रै उपसचिव केसीले ‘घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागि पर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानवअधिकार सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु ।’ भनी विज्ञप्त गरेका थिए।

]तर बुधबार छानबिन समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दोषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुन: छानबिन कार्यमा फर्कने निर्णय गरेको जनाएका छन् ।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बधुबार प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताएका हुन्।

सम्बन्धित समाचार

कञ्चनपुर हत्या प्रकरण : अपराधीहरुबाट धम्की अाएपछि छानविन समितिका सदस्य केसीले दिए राजीनामा


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here