हलिउडमा कट्रिना कैफको छलाङ

  •  
  •  
  •  

Katrina-Kaif-hot-photo-18काठमाडौं, असोज (एजेन्सी)–बलिउड नायिका कट्रिना कैफले हलिउड फिल्ममा चासो देखाएकी छन्।

हालै मात्र अमेरिकाका एक एजेन्टले उनलाई अमेरिकी फिल्ममा अभिनयका लागि त्यता लागेको खबर सार्वजनिक भएको छ। समाचार अनुसार फिल्म निर्माताहरूले दक्षिण एसियाली मूलको नायिकाको खोजी गरिरहँदा कट्रिना रोजाइमा परेकी हुन्।कट्रिनाका केही ठूला बजेटका बलिउड फिल्म २०१७ र २०१८ मा रिलिज हुँदैछन्।

जसमा २०१७ को क्रिसमसमा सलमान खानसँगको ‘टाइगर जिन्दा है’ आउँदैछ। यस्तै २०१८ को दिपावलीमा आमिर खान, अमिताभ बच्चन र फतिमा साना शेखसँगको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि उनको उपस्थिति छ।


  •  
  •  
  •