राष्ट्रपति भण्डारी कतार प्रस्थान

22
  •  
  •  
  •  

काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छिन्। राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतारको दोहा प्रस्थान गरेकी हुन्।

बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए। उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

कतारका अमिर शेख तमिम विन हमान अल थानीको निमन्त्रणामा भण्डारी त्यसतर्फ लागेकी हुन्। दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण रहेकाे छ।

राष्ट्रपति भण्डारीले कतारका समकक्षी अमिरसँग १३ कात्तिकमा दोहामा द्धिपक्षीय भेटवार्ता गर्ने तय भएको छ । भेटवार्तामा राष्ट्रपति भण्डारीले दोहामा नेपाली कामदारका समस्याबारे चासो राख्ने गरि एजेन्डा तयार भइरहेको परराष्ट्रस्रोतले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here