काष्ठमण्डप पुनर्निर्माणमा महानगरकाे थप ५ करोड

5
  •  
  •  
  •  

काठमाडौं, २८ असाेज (अाेएनएस) : काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप ५ करोड रुपैयाँको चेक प्रदान गरेको छ।

शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई चेक हस्तान्तरण गरेका हुन्।

महानगरको काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनर्निर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काम भइसकेको र सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकोले थप काम अघि बढाउन यो रकम उपलब्ध गराइएको हो ।

काष्ठमण्डप २०७२ वैैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको थियो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here