राजपाका सांसद कर्ण संसदीय सुनुवाई विशेष समितिको सभापतिमा निर्विरोध चयन

550
  •  
  •  
  •  

काठमाडौं , ७ असाेज (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा प्रतिनिधिसभाका सांसद लक्ष्मणलाल कर्ण संसदीय सुनुवाई विशेष समितिको सभापतिमा निर्विरोध चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए ।

यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।


  •  
  •  
  •