‘कालो झण्डा देखाउन नपाइने नियम कहाँ छ?’: राजपा सांसद कर्ण

22
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । राजपा सांसद लक्ष्मणलाल कर्णले सिके राउतको मान्छे भन्दैमा यसरी मान्छे मार्न पाइन्छ ? कालो झण्डा देखाउन नपाइने नियम कहाँ छ ?’ भनी सरकारलार्इ प्रश्न गरेका छन् । साथै उनले घटनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्न माग समेत गरे।

संसदको शुक्रबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको भन्दै ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ?’ भनी सरकारलार्इ प्रश्नमाथि प्रश्न तेर्साए ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको यादवले दाबी गरे ।

जवाफमा गृहमन्त्री रामबहादुर थापाले राममनोहर यादव सीके राउत समूहका कार्यकर्ता भएको भन्दै राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले उनलाई पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here