करिना कपुर अामा बनिन्, छाेराकाे नाम तैमुर अली

564
  •  
  •  
  •  

saif-and-kareena1काठमाडौँ, ५ पुस (एजेन्सी) : बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छन् ।

केही वर्ष अगाडी सैफ अलि खानसँग बिबाह गरेकी करिनाले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन् ।

करिनाको छोराको नाम तैमुर अली खान राखिएको छ । अस्पतालमा उनलाई भेट्न दिदी करिश्मा कपुर, आमाबुबा र आफन्तजनहरु अस्पताल पुगेका थिए । करिना आमा बनेपछि बलिउडकर्मी तथा उनका प्रशंसकले सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् ।

अभिनेता सैफ अलि खानको दोस्रो पत्नी करिना र सैफबीच प्रेम विवाह भएको थियो ।


  •  
  •  
  •