कार्गो प्लेन दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको आशंका

14
  •  
  •  
  •  

काठमाडौं । इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सातजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भएको हो । फार एजेन्सीका अनुसार प्लेनमा १६ जना यात्रु रहेको र एकजान मात्रै जीवित फेला परेका छन् । अधिकारीहरुले उद्धारको काम जारी राखेका छन् ।

कार्गोले मासु बोकेको जनाइएको छ । प्लेन कसको हो भन्ने अझै खुलेको छैन । इरानको उड्ययन प्राधिकरणले प्लेन काजकिस्तानको रहेको जनाएको छ तर काजकिस्तानले भने प्लेन इरानको भएको बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here