विष्फोटका दोषीलाई कारबाहीका लागि पहल गरिदिन व्यवसायीको आग्रह

519
  •  
  •  
  •  

काठमाडौं, चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वैदेशिक रोजगार व्यवसायीहरुको प्रतिनिधि मण्डलले आइतबार भेट गरेको छ ।

भेटका क्रममा वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोटका दोषीलाई कारबाही गरी व्यवसाय गर्न अनुकुल तथा सुरक्षित वातावरण बनाउनका लागि पहल गरिदिन अध्यक्ष दाहाल समक्ष आग्रह गरेका थिए ।

दाहालले गुरुङको घरमा बम विष्फोटका कारण र भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए ।

नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन नेपाल विद्यार्थी संगठनले संघका अध्यक्ष गुरुङको घरमा विष्फोट गराएको थियो ।

सोही विषय तिर इंगित गर्दै उनले देशमा भएका केही वेथितिको फाइदा उठाएर बम विष्फोट जस्तो घृणक कार्य गर्नु ठिक नभएको बताए ।

नीजि क्षेत्रलाई आतंक बनाएर काम गर्न नदिँदा कुनै पनि हालतमा देश समृद्धि नहुने उनको भनाइ थियो ।

अध्यक्ष दाहाललाई भेट्न संघका अध्यक्ष गुरुङ, कार्यदलका अध्यक्ष दिलप्रसाद पोखरेल, संघका पूर्व अध्यक्ष विमल ढकाल, संघका प्रथम उपाध्यक्ष रामप्रसाद भानतना, महासचिव नरेश गेलाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चाका संस्थापक अध्यक्ष सरोज पोखरेल, वर्तमान अध्यक्ष चित्र गुप्त सावा लिम्बु पुगेका थिए ।

प्रतिनिधिमण्डल सँगै नेपाल उद्योग वाणिज्य महासंघका उपध्यक्षद्वय शेखर गोल्छा र चन्द्र प्रसाद ढकालको पनि सहभागी थियो ।


  •  
  •  
  •