बलात्कारको आरोपमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

15
  •  
  •  
  •  

तनहुँ, २९ माघ(ओएनएस) : तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका छन् ।

गएको वैशाख २५ गते एक युवतीलाई बलात्कार गरि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जंगलमा बलात्कार गरेको भन्दै ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here