कानुनमा स्पष्ट रुपले तोके पनि पहिचान नभएका कारण कार्यान्वयनमा कठिनाई : अध्यक्ष वस्नेत

72
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : नेपालमा समलिङ्गि जनताको निम्ती संविधान, नीति तथा कानुनमा स्पष्ट रुपमा तोके पनि पहिचान नभएका कारण कार्यन्वयवका क्रममा समस्या रहेको मिडिया एड्भोकेसीकी अध्यक्ष बविता बस्नेतले बताएकी छिन् ।

बिहीबार ललितपुरमा मितिनी नेपालले आयोजना तथा युए वेमेनको सहयोगमा भएको Celebration if international day againstHomophobia, Transphobia and Biphobia कार्यक्रममा वोल्दै अध्यक्ष वस्नेतले नेपालका समलिङ्गि जनतालाई सम्बन्धीत निकाय वा संस्थाहरुले शिक्षा, तालिम, गोष्ठी जस्ता कुराहरु देशका सवै ठाउँमा सञ्चालन गरी क्षमता अभिवृद्धि गराउनु पर्नेमा जोड दिएकी छिन् । उनले भनिन्,’पहिचान भई सम्मान पूर्वक बाँच्न पाउनु अहिलेको लागि पहिलो प्राथमिका हाे।’

कार्यक्रममा वोल्दै युएल वमेन नेपालका कन्ट्री डाइरेक्टर वाइनी कुस्माले सर्वप्रथम आफु को हो ? भनि पहचिन गर्नु पर्ने र त्यसपश्चात यस्ता समस्यामा परेको सम्पूर्णलाई आफु र आफ्नो संगठनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

उनले समलिङ्गिले पनि आफ्नो कार्यविन्दु समान हो भनि अघि बढ्न आग्रह गर्दै आवश्यक मात्रामा प्रचार प्रसार गरी सबै नागरिक समान हुन् भन्ने भावनाको विकास गर्न आग्रह गरेकी छिन् ।

त्यस्तै कार्यक्रममा वोल्दै डव्लुएचआरकी प्रमुख कार्यकारी अधिकृत सुमीरा श्रेष्ठले नेपालमा भएका कुनै पनि राजनैतिक दलमा समलैङ्गिक समानता सम्बन्धी समावेशिताकाे व्यवस्था नभएको बताउँदै आगामी दिनमा त्यसको व्यवस्था गरी राज्यको नीति निमार्ण तथा संविधानमा उल्लेख गराउनु पर्ने बताएकी छिन् ।

मानसिक समस्या होइन भनि हटाइएको दिनको रुपमा यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ । पारिवारीक वाध्यताका कारण नचाहँदा नचाहँदै विवाह बन्धनमा बाँधिनुपर्ने समस्या रहेको बताउँदै यसको उचित समाधानको बाटो अपनाउन कानुनी उपचारको माग गर्दै अघि बढ्नु नै नागरिक समानता भएको बताएका छन् ।

त्यस्तै कार्यक्रममा सहभागिहरुले नेपालको जम्मा जनसंख्याको लगभग ८ प्रतिशत जनसंख्यामा यो समस्या रहेको र यसमा नेपालको कानुनले वैवाहीक सम्बन्धलाई मान्यता दिएमा जनसंख्या वृद्धिमा कुनै पनि समस्या नआउने बताउदै लगभग ९२ प्रतिशत जनसंख्या रहेको यो समुदाय भन्दा फरक समुदायबाट भएको जनसंख्यकवृद्धिलेनै अहिलेको अवस्थामा देशले थेग्न नसक्ने भएका कारण वैवाहिक मान्यता दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै अरुको मुद्दा समान आफ्नो मुद्दा पनि हुनु पर्ने भन्दै नेपालमा ट्वाइलेटमा समेत विभेद गरेको बताएका छन् । त्यस्तै आफुहरुले कमाएको सम्पत्ती हस्तान्तरण गर्ने व्यक्ति समेत नहुने भएकाले त्यसको निम्ति विवाह गरी आफ्नो सम्पत्ती श्रीमतिलाई दिन पाउनु पर्ने कानुन निमार्णको अावश्यकता रहेकाे बताएका छन् ।

 

 


  •  
  •  
  •