निगमका महाप्रवन्धक कंशकारलाई दलियो मोसो

684
  •  
  •  
  •  

काठमाडौं, २० पुस(ओएनएस) : वाइडबडी प्रकरणमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशकारलाई मोसो दलेको छ ।


नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंशकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलका हुन् ।
शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो । बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो ।


  •  
  •  
  •