सुटिङका क्रममा अभिनेत्री कंगना रनौत घाइते, टाउकोमा १५ टाँका लागे

1120
  •  
  •  
  •  

Kangana Ranaut
मुंबई, एजेन्सी : फिल्म ‘मणिकर्णिका–द क्विन अफ झाँसी’ को सुटिङका क्रममा अभिनेत्री कंगना रनौत घाइते भएकी छिन् । हैदराबादमा भइरहेको सुटिङका क्रममा कंगनाको टाउकोमा तरबारको चोट लागेको हो ।

उनलाई टाउकोमा चोट लागेको छ र उनलाई एपोलो अस्पतालको आइसियूमा राखिएको छ । उनको टाउकोमा १५ टाँका लगाइएको छ । डाक्टरले कंगनालाई केही दिन अस्पतालमा राख्ने सल्लाह दिएका छन् ।

खबरअनुसार कंगना आफ्ना को–स्टार निहार पाण्ड्यासँग सुटिङ गरिरहेकी थिइन् । दुबै जनाले तरबार चलाउनुपर्ने सिनमा गल्तीबस तरबार कंगनाको टाउँको लाग्न पुगेको थियो ।


  •  
  •  
  •