मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

एक सातादेखि हराएका भूसंरक्षण अधिकृत गौतम मृत भेटिए

kamal parsad gautamचितवन, २६ पुस (ओएनएस) :  एक साता अघि काठमाडौंँ जान्छु भनि हिँडेका स्याङ्जाका भूसंरक्षण अधिकृत कमलप्रसाद गौतम मृत भेटिएका छन् ।

उनको शव सोमबार राति चितवनस्थित रामनगरको वनमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  रामनगरको वनमा दाउरा खोज्ने दाउरेले रुखमा झुण्डिएको अवस्थामा मानिसलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भरतपुरका प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काका अनुसार गौतमको साथबाट पर्स र केही रकम तथा मोबाइल र उनको फोटो भेटिएको छ ।
घटना हत्या हो या आत्महत्या खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको स्याङजाका प्रहरी उपरीक्षक देवबहादुर वोगटीले जानकारी दिए ।

Comments are closed.

'
Scroll To Top