काठमाडौं, ९ फागुन(ओएनएस) : काठमाडौंको दक्षिण पश्चिममा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र दहचोकमा कालु पाँडेको सालिक निर्माण गरिएको छ । सालिकको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् ।
प्रधानमन्त्री ओलीले तेस्रो ईन्द्रदह पर्यटन उत्सवको समेत उद्घाटन गरेका छन् । सरकारले सय पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई पनि सूचीकृत गरेको छ । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शीर गोरखा देखिने गरी समाधि गरिएको इतिहासमा उल्लेख छ ।