प्रम ओलीको भ्रमण टोलीमा कलाकार पनि

ओली भारतीय कलाकारहरूसँग पनि भेटघाट गर्ने
688
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणकाे टाेलीमा   कलाकारकाे पनि सहभागिता हुने जनाइएकाे छ। स्राेतका अनुसार भारत भ्रमणमा जाने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका अलावा अन्य केही कलाकारहरु पनि सहभागि हुनेछन्।

स्राेतका अनुसार अभिनेता राजेश हमाल फिल्मी क्षेत्रका कलाकारकाे तर्फबाट सहभागि हुदैछन् भने अन्य कलाकारहरुकाे बारेमा छिटै निर्णय हुने बताइएकाे छ। नयाँ दिल्लीमा रहँदा प्रम अाेलीले बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको हुनाले भ्रमण टाेलीमा कलाकारहरु पनि समावेश गरिएकाे हाे।


  •  
  •  
  •