ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा

95
  •  
  •  
  •  

ललितपुर, २८ मंसिर(ओएनएस) : ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको छ ।

नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषद्ले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको हो ।

कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषद्ले एक महिनाअघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढ्दै गएको बताए ।

ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न समेत नेपाल हस्तकला महासंघलाई अनुरोध गरे ।


  •  
  •  
  •