सडक र समय(कविता)

249
  •  
  •  
  •  

सुनसान सुनसान
रात चकमन्न छ
आकाश भरी जून पोखिएको छ
भूतल भरी निरबता पोखिएको छ
खै के दामाम्यता मिलेको छैन
आँखा भ्रमित छन्
वा
दृश्य भ्रमित छन्
भेउ पाइन्छ न छेउ पाइन्छ

मध्य रातमा
सडक जुरुक्क उठ्छ
छेउछाउका रुखहरु
पिठ्युमा बोकेर
टक ! टक !! टक !!!
हिडी रहन्छ
घष्टाघर छेउ पुगेर
पक्क परेर हेर्छ
एक पटक घण्टाघरको घडीमा

एक निमेषमै
रुखहरु
सडकको पिठ्युबाट
वुर्कुसी मारी
उल्टो गतिमा हिडी रहन्छन्
नाङ्गा रुखहरु
नाङ्गा विजुलीका तारहरुसंग ठोकिन्छन्
गुड भत्किएर
तारमा शरण लिई एक प्रहर सुतेका चराहरु
पूत्त फूत्त भुँइमा खस्छन्
विचरा चराहरु
विचरा रुखहरु
एउटा एक निमेषमै मर्छ
एउटा विस्तारै मर्छ
सडक ट्वाँ परेर आँखा नझिम्काइकन
हेरिरहन्छ
कहिले चराहरुलाई
कहिले रुखहरुलाई
खै के सोच्छ
पुनः घष्टाघर अगाडी उभिन्छ
घडी हेर्छ
देख्छ घडीका सुईहरु छैनन्
सडक सम्झन्छ
समय मरेछ
सडक हाँस्छ

ठुलो स्वरले चिच्याउँछ
ए मान्छे हो देख्यौ
समय म¥यो
घडीको सुईहरु विस्तारै घुम्न थाल्छ
सडक जिल्ल पर्छ
उसलाई थाहा हुन्न
एक छिन अघि बाह्र बजको थियो
भरखर
नयाँ दिन शुरुवात भयो ।

रमारोशन २, चाफामाण्डौ, अछाम


  •  
  •  
  •