कार्यविधि सुझावसहित पारित भए लगत्तै प्रधानन्यायाधीशमा सुनुवाई प्रक्रिया सुरु

57
  •  
  •  
  •  

काठमाडाैं, २८ असार (अाेएनएस) : गत सोमवार पूर्णता पाएको संसदीय सुनुवाई विशेष समितिले त्यसकाे भाेलिपल्ट गठन गरेकाे उपसमितिलार्इ बैठकका लागि कार्यविधि बनाउन दिएकाे जिम्मेवारी पुरा गरी पेश गरेकाे छ।

उक्त कार्यविधि संसदीय सुनुवाई विशेष समितिले बिहीबार बैठक बसी पारित गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो ।

समितिले बिहीबारदेखि नै प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाई प्रक्रिया पनि अागाडी बढाएकाे छ । बिहीबार नै सूचना जारी गरेर प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने लगायत सुनुवाई प्रक्रियालाई छिटो छरिताे सम्पन्न गर्ने व्यवस्था पनि गरिएको जेष्ठ सदस्य कर्णले बताए।

गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेका ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


  •  
  •  
  •