बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

पराजुलीको उमेर कति ?

भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौँ, २३ जेठ (ओएनएस) : न्यायपरिषदले भावी प्रधानन्यायाधीका लागि छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको छ । परिषदले न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्माको नाम सिफारिस गरेको हो ।

न्यायपरिषदका सदस्यहरु गोपाल पराजुली, रामप्रसाद सिटौला, पदम वैदिक र कानुनमन्त्री अजयशंकर नायकको असहयोगका कारण न्यायपरिषदको बैठक भने बस्न सकेन ।

पराजुलीको उमेर विवाद र शैक्षिक योग्यताको प्रमाणपत्रमा वैधानिकताको प्रश्न उठेका कारण न्यायपरिषदमा विवाद थियो । कार्कीले न्यायपालिकाको प्रमुख हुने व्यक्तिको बारेमा विवाद कायमै राख्न नहुने भन्दै अपूर्ण विवरणलाई पूर्णता दिनुपर्ने गरी न्यायपरिषद सचिवालयलाई निर्देशन दिएकी थिइन् । उक्त विवादमा कार्कीबाहेकका सदस्यहरु पराजुलीको पक्षमा थिए ।

यो पनि पढ्नुहोस् :

न्यायपरिषद बैठक रोक्न प्रधानन्यायाधीशविरुद्ध मोर्चाबन्दी

यस विषयमा न्यायपरिषद बैठक बोलाउन खोज्दा लामो समयदेखि अन्य सदस्यहरु सम्पर्कविहीन भएका थिए । न्यायपरिषद सचिव समेत प्रधानन्यायाधीश एवं परिषदका अध्यक्षलाई थाहै नदिई लामो समय सम्पर्कविहीन भएको भन्दै आइतबारको नेपाल साप्ताहिकमा आक्रोश पोखेकी थिइन् । 

उनको भनाइ थियो, ‘अहिले प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने बेला भयो, कानुनमन्त्री फरार छन् । न्यायपरिषद् सचिव बेपत्ता छन् । प्रधानन्यायाधीश अध्यक्ष हुने संस्थाका पदाधिकारी को कहा“ जा“दै छन्, मलाई थाहा छैन । प्रधानन्यायाधीशको सिफारिसका लागि न्यायाधीशहरूको योग्यता अस्ति १३ जेठमा पुग्यो । मैले वाक्क भएर हिजो (१६ जेठ) एउटा पत्र पठाएकी छु, तुरुन्त बैठक डाक्नूस् भनेर ।’

 

प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषदले सिफारिसमा आगामी प्रधानन्यायाधीशका सबै उम्मेदवारको व्यक्तिगत विवरणसमेत खुलाएकी छन्। गोपाल पराजुलीको जन्ममिति विसं. २००९ साउन २१ गते तोकिएको छ। यसअनुसार पराजुलीलाई भावी प्रधानन्यायाधीश नियुक्त गर्ने हो भने उनको पदावधी जम्मा ५६ दिन हुनेछ। पराजुलीले पदावधि बढाउन आफ्नो उमेर सच्याउने प्रयास गरेका थिए।

यो पनि पढ्नुहोस् :

भावी प्रधानन्यायाधीश किन सिफारिस हुन सकेनन् ?

पराजुलीको एसएलसी प्रमाणपत्र र नागरिकताबारे छानबिन हुनुपर्ने, छानबिन प्रतिवेदन नआएसम्म पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेको थियो । अधिवक्ता विकास गिरी रिट निवेदन दायर गरेको भोलिपल्टदेखि बेपत्ता छन् । 

यो पनि पढ्नुहोस् :

पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

नेपालको संविधानको धारा २८४ को उपधारा ३ बमोजिम प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। 

प्रधानन्यायाधीशका लागि योग्य हुन संविधानको धारा १२९ को उपधारा ३ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ।

तर, यसपालि प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघिसम्म कसैको पनि तीन वर्ष अवधि पूरा नभएकाले सिफारिस सम्भव नभएको हो।

६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले मंगलबार अवकाश पाउँदैछिन्।

Comments are closed.

'
Scroll To Top