बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

को को बन्दैछन् उच्च अदालतका न्यायाधीश ?

काठमाडौँ, २५ पुस (ओएनएस) : उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसका लागि न्याय परिषद बैठक बसेको छ ।

न्याय परिषद् बैठकले सम्भवतः सोमबार नै उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्तिको सिफारिस गर्नेछ ।

उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिसकाे सूचीमा सर्वाेच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, न्याय परिषद्का सचिव कृष्ण गिरीकाे नाम रहेकाे रहेको समाचार स्रोतले जनाएको छ । यसैगरी, कर्मचारीबाट विपुल न्यौपाने, धीरबहादुर चन्द, लेखनाथ पौडेल, गणेश अर्याल, राजेन्द्र सुवेदी लगायतको नाम पनि छ ।

त्यस्तै, टेकप्रसाद ढुंगाना, साधुराम सापकोटा, डाक्टर रवी अर्याल लगायतको नाम पनि उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिसमा  छ । 

जिल्ला न्यायाधीश,  कानुन व्यवसायी तथा कानुन, न्याय र सरकारी वकील  समूहका कर्मचारीबाट छानिन्छन । उच्च अदालतका ८० न्यायाधीशमा यसअघि म्याद नथपी हटाइएका २६ जनामध्येबाट पनि पर्न सक्नेछन् । 

२०५८ र २०६३ मा नियुक्त भएका जिल्ला न्यायाधीशबाट उच्च अदालतमा नियुक्ति हुँदैछ । 

परिषद्ले न्यायाधीश नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष रहेको न्याय परिषद् सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् ।

Comments are closed.

'
Scroll To Top