बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

न्यायपरिषदले गर्यो १९७ न्यायाधीशको सरुवा (सूचीसहित)

nyaya-parishad-

काठमाडौं, २८ भदौ (ओएनएस) : न्याय परिषद्ले बुधबार १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा पनि परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले यसअघि नै न्यायधीश कुनैपनि हालतमा सरुवा गर्न नमिल्ने भन्दै विरोध जनाएको थियो ।

न्यायपरिषदको निर्णयअनुसार सर्वोच्च अदालतको न्यायधीश पदमा नियुक्तिमा लागि तीन उच्च अदालतका तीन जना मुख्य न्यायाधीशको नाम पनि सिफारिस गरेको छ ।

जसमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालतका सुर्खेतका मुख्य न्यायाधीश डम्बर कुमार श्रेष्ठ र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादु मोक्तान छन् ।

सरुवाको सूची

Comments are closed.

'
Scroll To Top