सरकारी वकिलकाे अान्दाेलन फिर्ता, भाेलिदेखि बहसमा भाग लिने

309
  •  
  •  
  •  

काठमाडौं, ११ माघ (ओएनएस) : उच्च अदालतमा न्यायाधशीशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलको आन्दोलन स्थगित भएको छ ।

मंगलबार संसदीय व्यवस्था तथा कानुन मन्त्रालयमा भएको छलफल पछि आन्दोलन फिर्ता लिन सरकारी वकिल सहमत भएका हुन् ।

कानुनमन्त्री, महान्याधिवक्ता र अभिवक्ताहरुबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको कानुनमन्त्री नायकका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।

सहमति अनुसार मंगलबार न्यायपरिषदले सरकारी अधिवक्ताको मागप्रति गम्भीर भएको र आगामी दिनमा संवोधन गर्ने उल्लेख गर्दै विज्ञप्ति निकाल्ने भएको छ ।

न्यायपरिषदको विज्ञप्तिको आधारमा सरकारी अधिवक्ताले पनि विज्ञप्ति निकालेर आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

न्याय परिषदले गत पुस २८ गते उच्च अदालतका ८० न्यायाधीश नियुक्ति गरेकाे थियाे । नियुक्ति समानुपातिक नभएकाे भन्दै सरकारी वकिल अाइतबारदेखि अान्दाेलनमा उत्रिएका थिए ।


  •  
  •  
  •