शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

पत्रकार द्वय भण्डारी र भट्ट रिहा

khem bhandari
काठमाडौं, ४ असार (ओएनएस) : सार्वजनिक अपराधमा शनिबार पक्राउ परेका कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट आइतबार रिहा भएका छन् । प्रहरीले पक्राउ गरेको २८ घण्टापछि पत्रकार भण्डारी र भट्ट रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार अपराह्न रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले जानकारी दिए ।

अपराध प्रमाणित हुने नदेखिएपछि क्षेत्रीय संयोजक शाह र पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको रहोवरमा पत्रकारद्वय भण्डारी र भट्टलाई छाडिएको हो । भण्डारी मानखण्ड दैनिककमा सम्पादक हुन् भने भट्ट कार्यकारी सम्पादक हुन् ।

प्रहरीले भण्डारी र भट्टलाई कार्यालयबाटै पक्राउ गरेपछि चर्काे विरोध र आलोचना भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए ।

Comments are closed.

'
Scroll To Top