जापानद्धारा जि टु जी मोडलमा कामदार लैजाने प्रस्ताव, मासिक तलब तीन लाख

930
  •  
  •  
  •  

काठमाडौं,३ कार्तिक (एजेन्सी) : नेपालबाट जि टु जी मोडलमा जापानले पनि कामदार लैजान प्रस्ताव गरेको छ।गत शुक्रवार मात्र जापान सरकारले बार्षिक श्वेतपत्र जारी गर्दै विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख गरेका थिए । जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको थियो ।

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको थियो ।

साेही अनुसार विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। दक्षिण कोरियाले जस्तै जापानले पनि नेपाली कामदार लैजान लागेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी संयन्त्रबाट कामदार लैजान प्रस्ताव गरिएको छ। स्रोतका अनुसार सरकारी संयन्त्र अनुसार कामदार गएमा न्यूनतम शुल्क तिरे पुग्छ। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्।


  •  
  •  
  •