स्वीडेन कोरिया विरुद्ध विजयी

136
  •  
  •  
  •  

काठमाडौं, ४ असार (एजेन्सी): रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप फुटबलमा ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ ।

दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणममुखी बनाउन सकेनन्। तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो ।

स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र ३ महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यस जितसंगै स्विडेनले समूह ‘एफ’मा ३ अंक जोड्न सफल भएको छ ।

गए राति मेक्सिकोसंग १-० ले पराजित जर्मनी र दक्षिण कोरिया अंकविहीन रहेका छन् । अहिलेको अवस्थामा समूह ‘एफ’ सबैभन्दा रोमाञ्चक देखिएको छ ।


  •  
  •  
  •